४ भदौ ०७८,काठमाडौं । काठमाडौं उपत्यकामा ८९८ जनालाई संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ संक्रमित थपिएका छन्।
त्यस्तै, हाल उपत्यकामा ११ हजार ६ सय ३० सक्रिय संक्रमित छन्। काठमाडौंमा ७ हजार ८६७, भक्तपुरमा १ हजार ४ सय ७४ र ललितपुरमा २ हजार २ सय ९० संक्रमित थपिएका हुन्।
प्रतिक्रिया