८ भदौं ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आगामी भदौ १६ गतेसम्म थप गरिएको छ । मंगलबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
थप गरिएको निषेधाज्ञामा पुरानै मोडालिटीलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।
यस अवधिमा एक साताअघि जारी गरिएका सबै नियम यथावत् रहनेछन्। मास्कविना ओहोरदोहोर गर्न पाइने छैन भने राति ८ बजेपछि अत्यावश्यकबाहेकका काममा ओहोरदोहोर गर्न दिइनेछैन। यस्तै, होटेल तथा रेस्टुरेन्ट र अन्य खाद्यान्न पसल पनि ८ बजे अगावै बन्द गर्नुपर्नेछ ।
प्रतिक्रिया