८ भदौं ०७८, काठमाडौं । अबदेखि काठमाडौं उपत्यकामा राति ८ बजेपछि पनि सवारी साधन सञ्चालन गर्न पाईने भएको छ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यसअघि लागू गरिएको नियमलाई हटाउँदै निजी तथा सार्वजनिक सवारी साधन राती ८ बजे पनि चलाउन पाईने निर्णय गरेको हो।
साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने उल्लेख थियो । बाँकी नियम यथावत् राख्दै निषेधाज्ञा भने भदौ १६ गतेसम्म थप गरिएको छ।
प्रतिक्रिया