५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको इमाडोलबाट ११ जना जुवाडे पक्राउ



१० भदौं ०७८, ललितपुर । विहीबार ४ वजे ललितपुरको महालक्ष्मी ३ इमाडोलबाट ११ जना व्यक्ति जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । महानगरिय प्रहरी परिसर जावलाखेलका अनुसार महालक्ष्मी नगर ३ स्थित महर्जनचोकको सुनिल महर्जनको घरमा अवैध रुपमा जुवा तास खेली खेलाई रहेको सुचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरवाट प्रहरी टोली खटिएका प्रहरीले खानतलासी गर्दा अवैध रुपमा जुवा तास खेलीरहेका ११ जनालाई पक्राउ गरेको हो । जुवाको खालबाट नगद २ लाख ३८ हजार १८५ रुपैया समेत नियन्त्रणमा लिएको प्रहरी कार्यालयले वानकारी दिएको छ ।
पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी ३ बस्ने ३२ बर्र्षीय अनिल महर्जन, ललितपुर महालक्ष्मी ४ बस्ने ४६ बर्षीय मनोज दाहाल, ललितपुर महालक्ष्मी ३ बस्ने ३८ बर्षीय केदार नेपाल,रामेछाप पिङ्खुकरी गाँउपालिका ९ घर भई हाल भक्तपुर दघिकाट बस्ने ३६ बर्षीय आनन्द लामा,ललितपुर महालक्ष्मी न.पा. ४ बस्ने बर्ष ३१ को दिनेश के.सी.,ललितपुर महानगर ९ च्यासल बस्ने ४२ बर्षीय विजय जिम्बा,रामेछाप भटैली ४ घर भई महालक्ष्मी १ इमाडोल बस्ने ३४ बर्षीय निरोज तामाङ, सिन्धुपालचोक तार्थली ५ घर भई हाल ईमाडोल बस्ने ३६ बर्षीय राजकुमार श्रेष्ठ, ललितपुर महालक्ष्मी नगर ४ बस्ने बर्ष ३८ को सन्तोष के.सी.,ललितपुर वागमती गाँउपालिका घर भई हाल जि ललितपुर महालक्ष्मी ८ बस्ने ३८ बर्षीय सरोज रुम्बा,ललितपुर महालक्ष्मी १ बस्ने बर्ष ४० को अमित कु के.सी.रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ९ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।