१२ भदौ ०७८,काठमाडौं । तारकेश्वर नगरपालिका ८ जरङखु गैरीगाउँ डेरा गरी बस्ने गोरखा नगरपालिका ३ घर भएका ४६ वर्षीय नारायण श्रेष्ठको कोठामा तास खेलिरहेको अवस्थामा नारायण लगायत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको कोठामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४३ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१३ भाद्र २०७८, आइतबार
0
Shares
प्रतिक्रिया