५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


टोर र वडास्तरीय बाल समूह गठन गर्दै चाँगुनारायण




१३ भदौ ०७८,भक्तपुर । भक्तपुरको चाँगुनारायाण नगरपालिकाले टोलस्तरीय र विद्यालयस्तरीय बाल समूह गठन सुरु गरेको छ । पालिकाले बालमैत्री स्थानीय शासन निर्माणको लागि पािलकाले बाल समूह गठन थालेको हो ।
पालिकाका अनुसार नगरस्तरीय बालमैत्री स्थानीय शासनका लागि प्रत्येक टोल तथा विद्यालयमा बाल समूह गठन गरिने छ । त्यसका लागि प्रत्येक वडाका टोल र विद्यालयमा समूह गठन गर्दै आएको छ ।
बालमैत्री स्थानीय शासनका सम्पर्क व्यक्ति आशा माझीका अनुसार पालिकाले आगामी फागुन मसान्तसम्म बालमैत्री स्थानीय शासन बनाउने लक्ष्य बनाएको छ । त्यसको लागि पालिकाले ५१ वटा सूचांक पुरा गर्नुपर्ने छ । सोही अनुरुप ९ वटै वडामा टोलस्तरीय र विद्यालयस्तरीय बालसमूह गठन गरिएको हो । उनका अनुसार ५१ वटा सूचांक माघ महिनाभित्र पुरा गर्ने लक्ष्य लिइएको छ ।
पालिकाको वडा र विद्यालयमा भएका पुरानो बाल समूहलाई खारेज गरी नयाँ बाल समूह गठन गरिएको छ । बालमैत्री स्थानीय शासनका लागि हालसम्म पालिकाले सबै वडामा वडाध्यक्ष हस्तान्तरण कार्यक्रम, नीति तथा आचारसंहिता निर्माण, वडास्तरीय बालमैत्री स्थानीय शासन सहजकर्ता छनोट, प्रत्येक वडामा एक जना वडासदस्यलाई बालमैत्री सम्पर्क व्यक्ति लगायतको कार्यक्रम गरिसकेको सम्पर्क व्यक्ति माझीले बताइन् ।
उनका अनुसार असोज महिनाभित्र प्रत्येक बालबालिकाको प्रोफाइल बनाइने छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ८ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।