६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महालक्ष्मी नगरका मेयर श्रेष्ठले शिक्षकलाई वितरण गरे ल्यापटप




१३ भदौं ०७८, ललितपुर । ललितपुरको लामाटारस्थित सिस्नेरी स्कूलका शिक्षकहरुलाई महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत शिक्षकलाई ल्यापटप वितरण गरेको छन् । कार्यक्रममा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सिस्नेरी मा.वि.मा बनेको कक्षाकोठा समेत हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले परम्परागत शैलीको शिक्षण सिकाइलाई प्रयोगात्मक र जीवन उपयोगी बनाउन सूचना प्रविधिको प्रयोग गर्ने लक्षय रहेको बताए । उनले डिजिटल क्लासरूमको अवधारणा अनुसारका कक्षाकोठा र विद्यालय व्यवस्थापनमा नगरपालिकाले प्राथमिकताका साथ कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए । उनले नवनिर्मित कक्षाकोठा र हस्तान्तरण गरिएका शैक्षिक सामग्रीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत श्री पुरुषोत्तम सापकोटा, प्रमुख शिक्षा अधिकृत चिरन्जिवी पौडेल, वडा न ९ का अध्यक्ष बाशुदेव गौतम, प्रधानाध्यापक चेतनाथ पन्त, अभिभावक, शिक्षक, विद्यार्थी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ९ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।