१३ पुस २०८१, शनिबार | Sat Dec 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कर्मचारीको निधनमा चाँगुनारायणले दियो शोक बिदा




१३ भदौ ०७८, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले कर्मचारीको निधनप्रति आउँदो मंगलबार शोक बिदा दिने निर्णय गरेको छ ।
पालिकामा कार्यरत कर्मचारीको मृत्यु भएको भन्दै नगर कार्यपालिकाको बैठकले १५ भदौमा शोक बिदा दिने भएको हो । पालिकाले सूचना प्रकाशित गरी उक्त विदा घोषणा गरेको हो ।
नगरपालिकामा विगत चार वर्षदेखि हलुका सवारी साधन चालककार्यरत कर्मचारी राजकुमार दाहालको निधन भएको थियोे ।
आइतबार बसेको पालिकाको बैठकले कर्मचारीको निधनमा मंगलबार शोक बिदा दिने निर्णय गरेको हो । सूचनाअनुसार आगामी मंगलबारका दिन नगर कार्यपालिकाको कार्यालयअन्तर्गतका सम्पूर्ण कार्यालयमा सार्वजनिक शोक बिदा दिइनेछ ।
पालिकाको कार्यपालिकाको सबै सेवा बन्द गरे पनि पूर्वनिर्धारित खोप कार्यक्रम यथावथ रुपमा सञ्चालन गरिने प्रकाशित सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ८ : ४५ बजे