५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर नगरमा जनप्रतिनिधि आएपछि फेरियो जनस्वास्थ्य, नगरवासीको भरोसा बन्यो अस्पताल




१४ भदौ ०७८,भक्तपुर । भक्तपुरका पुनबहादुर मुस्याख्व विसन्चो हुनासाथ स्वास्थ्य जाँचका लागि च्याम्हासिंहस्थित ख्वप अस्पताल पुगिहाल्छन् । पहिले झारफुकमा समेत विश्वास गर्ने उनी अहिले अस्पताल पुगिहाल्छन् । ‘पहिले उपचार गर्न महँगो थियो । तर अहिले सस्तो मात्रै होइन, कुनै औषधि त सित्तैमा पनि आउँछ,’ उनले भने ।

भक्तपुर नगरपालिकाले ख्वप अस्पतालको सञ्चालनको व्यवस्थापन चुस्त बनाएपछि अस्पतालले गुणस्तरीयता पनि बढेको हो ।

भक्तपुरकी मनमाया श्रेष्ठ पनि अस्पताल पुगिहाल्छिन् । भन्छिन, ‘पहिले विरामी भएपछि राम्रो उपचारका लागि काठमाडौँ पुग्नु पर्ने बाध्यता थियो । तर अहिले त्यो छैन । केही मिनेटको हिँडाइले अस्पताल पुग्छौँ र राम्रो सेवा लिन्छौँ ।’

पहिले जनस्वास्थ्य केन्द्रको रुपमा रहेकोमा नगरपालिकामा जनप्रतिनिधि आएपछि अस्पतालमा रुपान्तरण गरिएको हो ।

पालिकाको कार्यपालिकाको आठौँ नगरसभाले ख्वप अस्पताल सञ्चालन तथा व्यवस्थापन नियमावली–२०७७ पारित गरेको छ । सोहीअनुरुपख्वप अस्पतालका लागि आवश्यक अक्सिजन प्लान्ट, भौतिक पूर्वाधार, जनशक्तिको व्यवस्थापन भएको मेयर सुनील प्रजापतिले बताए । उनका अनुसार स्थानीयको स्वास्थ्यलाई ध्यानमा राखी ‘एक वडा एक नर्स’ कार्यक्रम ल्याएको छ ।

पलिकाका स्वास्थ्य शाखा प्रमुख डा. रत्नसुन्दर लासिवाका अनुसार पहिलेको तुलनामा दैनिक ५० प्रतिशत सेवाग्राही बढेका छन् । उनले पहिले एक सय ५० देखि दुई सयसम्म विरामी उपचारका लागि आउन गरेकामा सो संख्या बढेर ६ सयभन्दा बढी पुगेको छ ।

सामान्य उपचारबाट मात्रै सुरु भएकोे अस्पतालले हाल बालरोग, स्त्रि रोग, हाड तथा छाला रोग, २४ सै घन्टा आकस्मिक सेवा दिँदै आएको छ ।

अस्पतालमा ३३ जना विशषज्ञ चिकित्सकसहित एक सय दुई जना कर्मचारी छन् । ‘अस्पतालमै फार्मेसी सञ्चालन गरिएको छ,’उनले भने, ‘केही औषधिबाहेक निःशुल्क छ ।’

अस्पतालका लागि ६ तले भवन निर्माणाधीन छ । तल्लो तीनवटा तलाको काम सम्पन्न भएपछि सेवा सुचारु गरिने ख्वप अस्पताल भवन निर्माण आयोजना प्रमुख विजयराम कोजुले बताए । अस्पतालका चाहिने स्वास्थ्य सामग्रीका लागि टेण्डर आह्वान भइसकेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ९ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।