१४ भदौ ०७८,काठमाडौं । ललितपुर लेलेका विक्रम महर्जनको करेन्ट लागेर दुखद निधन भएको छ ।
प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका ५ लेले बस्ने ५१ वर्षीय बिक्रम महर्जनको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरको रेलिङको काम गर्ने क्रममा एक्कासी करेन्ट लागेर गम्भीर घाइते भएका उनको आनन्दबन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएकोहो ।
१५ भाद्र २०७८, मंगलबार
0
Shares
प्रतिक्रिया