१५ भदौ ०७८,काठमाडौं । काठमाडौंको काँडाघारीमा चोरी भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ काँडाघारी डेरा गरी बस्ने सिन्धुपाल्चोक सल्लो भुल्लु गाउँपालिका ५ घर भएका यादव केसीको कोठाबाट विभिन्न सुनका गरगहना र ३० हजार नगद गरी करिब ६ लाख ५३ हजार ६ सय रुपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
१५ भाद्र २०७८, मंगलबार
0
Shares
प्रतिक्रिया