१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कांग्रेस ललितपुरले वडा अधिवेशन २१ भदौमै सक्ने



फाइल तस्विर

१७ भदौ ०७८, ललितपुर । नेपाली कांग्रेस जिल्ला कार्यालय ललितपुरले पार्टीको वडा अधिवेशन २१ भदौभित्रै सक्ने भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले १८ भदौमा तोकिएको वडा अधिवेशन २३ भदौसम्म सक्न समयसीमा थपेका बेला ललितपुर कांग्रेसले २१ गतेभित्र वडा अधिवेशन सक्ने जानकारी गराएको छ ।
जिल्ला सभापति मदनबहादुर अमात्यले केन्द्रीय निर्वाचन समिति र जिल्ला निर्वाचन अधिकृतलाई बुधबार पत्र पठाउँदै ललितपुरका महानगर, नगर र गाउँपालिकाको वडा इकाई अधिवेशन २१ भदौमा सम्पन्न गर्ने जानकारी गराएका हुन् ।
कांग्रेसले वडा अधिवेशन १८–२३ भदौ र पालिका अधिवेशन २७–२९ भदौसम्म गर्न समयसीमा तोकेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ६ : ३९ बजे