१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा आज शोक बिदा




१८ भदौं ०७८, काठमाडौं । काठमाडौँ महानगरपालिकाले वडा नं १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधनमा आज शुक्रबार एक दिन शोक बिदा दिएको छ । पैसठ्ठी वर्षीय श्रेष्ठको उपचारका क्रममा बिहीबार नर्भिक अस्पतालमा मस्तिष्कघातका कारण निधन भएको हो ।
उनको निधन अकल्पनीय भएको जनाउँदै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले मृतात्माको चीर शान्ति र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
उपप्रमुख हरिप्रभा खड्गीले महानगरले ठूलो क्षति व्यहोर्नुपरेको जनाउँदै मृतात्माको चीर शान्तिको कामना गरको छन् । उनको शव आज बिहान ८ः०० बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जिलका लागि वडामा लगिनेछ । बिहान ९ः०० देखि अपराह्न ३ः०० बजेसम्म वडामा राखेपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने वडा सदस्य चन्द्रमान डङ्गोलले जानकारी दिएका छन् ।
विसं २०१३ पुस १४ गते जन्मिनुभएका श्रेष्ठलाई गएको डेढ महिनाअघि आन्द्रामा क्यान्सर देखिएको थियो । उपचारकै क्रममा उनलाई मस्तिष्कघात भएपछि मृत्यु भएको हो । पञ्चायतकालमा वडा सदस्यका रूपमा निर्वाचित श्रेष्ठले विसं २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका रूपमा विजयी भएका थिए । उनका श्रीमती, तीन छोरी र एक छोरा छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ८ : ०० बजे