६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरका विद्यालयमा पठनपाठन सुरु गर्न मागसहित मेयरलाई ज्ञापन



१९ भक्तपुर ०७८, भक्तपुर । आधारभूत विद्यालय समितिले भौतिक रुपमा कक्षा सञ्चालनको माग राख्दै भक्तपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । समितिले मेयर प्रजापतिलाई भेटेर पाँच बुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो ।
प्रजापतिले कोभिड जोखिमबीच विद्यालय सञ्चालन गर्ने विषयमा नगरका सामुदायिक र संस्थागत विद्यालयका प्रतिनिधिसँग चरणबद्ध रुपमा छलफल चलाइरहेको बताए । उनले विद्यालय सञ्चालन गर्ने विषयमा शिक्षा मन्त्रालयले बनाएको विद्यालय सञ्चालनसम्बन्धी कार्ययोजनाअनुसार अगाडि बढ्ने तयारी भइरहेको बताए ।
समितिका अध्यक्ष दिपक माकले बुझाएको ज्ञापनपत्रमा कोभिड संक्रमणका कारण लामो समयदेखि विद्यालय सञ्चालन नहुँदा विद्यार्थीको शिक्षण सिकाइमा आशातित रुपमा प्रभावकारी बन्न नसकेको, धेरै विद्यार्थी भएका विद्यालयको हकमा चरणवद्धरुपमा आलोपालो गरी कक्षा सञ्चालन गर्न दिनुपर्ने उल्लेख छ ।
यसैगरी, शैक्षिक सत्र २०७८ मा लागू भएका कक्षा २ र ३ को एकीकृत पाठ्यक्रम र कक्षा ६ को नयाँ पाठ्यक्रमका सम्बन्ध अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने, आधारभूत विद्यालयको स्थायित्व र विकासमा ध्यान दिनुपर्ने र सामुदायिक विद्यालयमा कार्यरत विद्यालय सहयोगीको पारिश्रमिक वृद्धि गर्नुपर्नेलगायतका माग पनि ज्ञापनपत्रमा छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ८ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।