११ पुस २०८१, बिहिबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चन्दागिरि केवुलकार खुलेकै दिन भिडभाड,एकैदिन पुगे दुई हजार जना



काठमाडौँको चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी डाँडामा अवस्थित भालेश्वर मन्दिर दर्शन गर्न पुगेका सर्वसाधारणको भीड । लकडाउनपछि शनिबारबाट सञ्चालनमा ल्याएको चन्द्रागिरीस्थित भालेश्वर महादेवको दर्शन गर्न र त्यस क्षेत्रमा रहेका पर्यटकीयस्थलको अवलोकन गर्नेहरुको देखिन्छ । तस्वीर : रत्न श्रेष्ठ\रासस

२० भदौं ०७८, काठमाडौं । कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको चन्द्रागिरिको केवलकार शनिबारदेखि सञ्चालनमा आएसँगै भीडभाड बढेको छ । चन्द्रागिरी केवुलकार व्यस्थापनका अनुसार शनिबार एकैदिन २ हजार जना यहाँ पुगेका थिए ।
चन्दागिरि हिल्सका महाप्रबन्धक अभिषेखविक्रम शाहका अनुसार झण्डै पाँच महिनापछि केबलकार सञ्चालनमा आउँदा शनिबार पहिलो दिन दुई हजार जनाले यात्रा गरेका छन् । उनले स्वास्थ्य मापदण्डको पालना गरेर केबलकार सञ्चालन गरिएको बताए ।
उनले भने, “सरकाले तोकेका स्वास्थ्यका मापदण्ड पालना गरेका छौं, ठाउँ–ठाउँमा स्यानेटाइजरको व्यवस्था छ, मास्कविना प्रवेशमा रोक लगाइएको छ, यहाँ फराकिलो क्षेत्र भएकाले खास भिडभाड नहुने हुनाले पनि कोरोनाको डर कम छ ।” उनले सर्वसाधारणका लागि केबलकार सञ्चालन आजदेखि गरे पनि रिसोर्ट गत असारबाट नै खुलाइएको जानकारी दिए ।
यसैगरी शनिबारदेखि चन्द्रागिरिमा जिप लाइन पनि सञ्चालनमा आएको छ । शनिबार त्यहाँ पुगेकामध्ये कतिपयले जिप लाइनको मजा पनि लिएका थिए । काठमाडौं खाल्डोको एक आकर्षक एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास भएको यस चन्द्रागिरि हिल्समा आजदेखि जिप लाइन पनि थपिएको हो ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ६ : १९ बजे