११ पुस २०८१, बिहिबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नख्खु कारागारमा कैदीबन्दीले गरे प्रदर्शन, यस्ता छन् माग ?



ललितपुर खबर- २० भदौं ०७८, ललितपुर ।  ललितपुर नख्खु कारागारमा रहेका कैदीबन्दीहरुले आइतबार प्रदर्शनका साथै नाराबाजी गरेका छन् ।
उनीहरुले ८ जना चौकीदारलाई हटाउनुपर्ने माग गर्दै नाराबाजी र प्रदर्शन गरेका हुन् । करिब पाँच दर्जन कैदीबन्दीहरुले कारगारको सीआरसी ब्लकमा चौकीदारहरुविरुद्ध आइतबार प्रदर्शन गरेपछि कारागारभित्र सुरक्षा सतर्कता बढाइएको छ ।
चौकीदारले रासनमा घोटाला गरेको, टेलिफोन सुविधा सहज नबनाएको, सरकारले दिने अन्य सुविधामा पनि आफ्नो मनोमानी गरेको भन्दै कैदीहरुले चौकीदारहरु विरुद्ध जेलर चिरञ्जीवी गिरीसमक्ष निवेदन समेत दिएका छन् ।

प्रदर्शनमा सहभागीहरुले कारागारका नाइके शिव चौधरी, रिकेश अधिकारी, सविन केसी, शम्भू कार्की, अरुणकुमार महतो, विशाल विष्ट तथा सहनाइके देवेन्द्र तिमल्सिना र दीपक कर्णलाई कारागार स्थानान्तरणको मागसमेत राखेका छन् । विशाल विष्ट नख्खु कारागार मुख्य नाइके हुन् ।
यस्तै उनीहरुले जेलभित्रैबाट ताला लगाएका छन् । नख्खु कारागारमा करिब १४०० जना कैदीबन्दी रहेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ४ : ३७ बजे