२० भदौं ०७८, ललितपुर । अभियन्ता ज्ञानेन्द्र शाहीले हाम्रो नेपवाल हामी नेपाली अन्र्तगत युवा विभागको संगठन ललितपुरमा विस्तार गरेका छन् ।
शाहीले शनिबार ललितपुरको लगनखेलमा आयोजित कार्यक्रममायुवा विभागमा बिन्द्रलाल श्रेष्ठको संयोजकत्वमा ललितपुर जिल्ला युवा संगठन नामको संगठन बनाएका हुन् ।
श्रेष्ठको संयोजकत्वमा ६१ सदस्यीय गठित जिल्ला संगठनमा उपसंयोजकमा महेन्द्र सिलवाल, सचिवमा सुनिल मिजार, कोषाध्यक्षमा उज्वल खत्री छन् ।
कार्यक्रममा बिजय खड्गी, शक्ति शाही, बिनोद खड्का, मुस्कान के.सि.लगायत केन्द्रीय सदस्यहरुको उपस्थिति थियो ।
शाहीले ललितपुर आन्दोलनहरुको उद्य्गम स्थल भएको बताए । पञ्चायत,०३६ सालको, ०६२ ६३ र गुठी विद्ययकविरुद्धको आन्दोलनको परिवर्तनको पक्षमा आवाज उठाउने जिल्ला भएको बताएका थिए ।
२० भाद्र २०७८, आइतबार
0
Shares
प्रतिक्रिया