८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


बालगोपाल नेपाल यू– २३ फुटबल टोलीको प्रशिक्षक




२१ भदौ ०७८, काठमाडौं । बालगोपाल महर्जन नेपाल यू– २३ पुरुष फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षकसमेत रहेका बालगोपाल महर्जनलाई नेपाल यू– २३ टोलीको प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
यसअघि बालगोपालको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा भएको थ्री नेसन्स कपको उपाधि हात पारेको थियो ।
बालगोपालकै प्रशिक्षणमा नेपाल यू– २३ टोलीले घरेलु मैदानमा भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक हासिल गरेको थियो ।
बालगोपालले टोलीलाई एएफसी यू– २३ एसिया कप छनोटका लागि प्रशिक्षण गराउनेछन् । मुख्य प्रशिक्षकमा बालगोपाल रहँदा सहायक प्रशिक्षकमा सुजित केसी रहेनछन् । यस्तै, गोलरक्षक प्रशिक्षकमा ललित चन्द रहनेछन् । न्युज कारखाना

 

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ७ : १८ बजे