११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौँ महानगर साक्षर घोषित




२१ भदौं ०७८, काठमाडौं । काठमाडौँ महानगरपालिका साक्षर घोषित भएको छ । काठमाडौँका जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर वैद्य, उपप्रमुख हरिप्रभा खड्गी, शिक्षा विकास तथा समन्वय एकाइ, काठमाडौँ प्रमुख नन्दलाल पौडेलको उपस्थितिमा आज सोमबार पद्मोदय माविमा आयोजित कार्यक्रममा महानगरका ९६ दशमलव ६ प्रतिशत नागरिक साक्षर भएको घोषणा गरिएको हो ।
साक्षरताको राष्ट्रिय मापदण्डअनुसार १५ वर्षभन्दा माथिको उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएका जिल्ला वा पालिकालाई साक्षर घोषणा गर्न सकिनेछ । मुलुकका धेरै जिल्लामा नागरिक बसोबास गर्ने महानगरमा साक्षरता प्रतिशत बढाउनु र तथ्याङ्कको सङ्कलन गर्नु चुनौती बन्दै आएको थियो । कार्यक्रममा साक्षर महानगर बनाउन भूमिका खेल्ने विभिन्न १५ सामुदायिक सिकाइ केन्द्रलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ८ : ४४ बजे