८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दै नेपाल, आज पिएनजीसँग भिडदै




२२ भदौ ०७८,काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज मंगलबार पपुवा न्युगिनी (पिएनजी) सँग पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ ।
मंगलबार ओमान अल अमिरात क्रिकेट मैदानमा दुई शृङ्खला अन्तर्गत पहिलो खेल खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । दोस्रो खेल शुक्रबार हुनेछ ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पिएनजीसँग खेल्न लागेको हो।
पहिलो एक दिवसीयमा नेपालले अनुभवी खेलाडीलाई आराम दिन सक्नेछ । उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई चोटका कारण आराम दिइने बुझिएको छ । ज्ञानेद्र मल्लको कप्तानीमा रहेको नेपाल यस अघि नै ओमान पुगेको थियो । नेपालले करिब दुई हप्ता ओमानको मौसमसँग घुलमिलको तयारी गरेको थियो ।
नेपाली टोलीमा पूर्वकप्तान पारस खड्का रहने छैनन् । उनको संन्यासपछि नेपालको यो पहिलो खेल हुनेछ । पहिलो पटक गुल्सन झाले राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

त्रिदेशीय शृंखलामा नेपालको खेल
२८ भदौ : नेपालविरुद्ध अमेरिका
२९ भदौ : ओमानविरुद्ध नेपाल
१ असोज : नेपालविरुद्ध अमेरिका
३ असोज : ओमानविरुद्ध नेपाल

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ७ : ४६ बजे