५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


पपुवा न्युगिनीले नेपाललाई दियो एक सय ३५ रनको लक्ष्य, सन्दीपले लिए चार विकेट




रमेश सुवेदी
२२ भदौ ०७८,काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा पपुवा न्युगिनीले नेपाललाई एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पपुवा न्युगिनी ३३ ओभरमा अलआउट हुँदै एक सय ३४ रनमा समेटिएको हो ।
पपुवा न्युगिनीलाई सस्तो रनमा समेट्ने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । डेब्यु विक्रम सोब र कुशल मल्लले समान दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए भने एक खेलाडी रन आउट भएका थिए ।
पपुवा न्युगिनीका लेगा सियकाले ३८ बलमा ३० रन बनाए । कार्लेस अमिनीले २३ र गाउदी टोकाले २२ रन बनाए ।
यसअघि टस जितेर पपुवा न्युगिनीले ब्याटिङ रोजेको थियो ।
पपुवा न्युगिनीविरुद्ध ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले सिनियर टोलीका लागि डेब्यु गरेका छन् । नेपाली टोलीमा दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसीलाई आराम दिएको छ ।
दोस्रो खेल शुक्रबार हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग खेल्न लागेको हो । नेपालले त्रिदेशीय शृंखलामा २८ भदौमा अमेरिका, २९ भदौमा ओमान, १ असोजमा अमेरिका र २ असोजमा ओमानसँग खेल्नेछ । न्युज कारखाना

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  २ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।