६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर प्रहरीले पक्रियो नक्कली प्रमाणपत्र बनाउने युवक



साँकेतिक तस्विर : इन्टरनेट

२३ भदौं ०७८, ललितपुर । ललितपुर प्रहरीले नक्कली प्रमाण पत्र बनाउने युवक पक्राउ गरेको छ ।
म्हानगरिय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रज्वल महर्जनका अनुसार गत सोमबार ललितपुरको कोपण्डोलस्थित युएन पार्कबाट बाग्लुङ बांडगार्ड गाँउपालिका ९ बस्ने वर्ष ३२ को युद्द बहादुर के.सी पक्राउ परेका हुन् ।
नेपाल तथा भारतका विभिन्न मेडिकल कलेजबाट डिप्लोमा एन फर्मेसी उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र बनाई नेपाल फर्मेसी काउण्सिलमा दर्ता भएको नक्कली कागजात समेत बनाईदिने साथै नक्कली लाइसेन्स, परीक्षा प्रवेश पत्रलगायतका नक्कली प्रमाणपत्र तथा जाली कागजात बनाउने कार्यमा संलग्न रहेका के.सीलाई अनुसन्धानको क्रममा गतसोमबार महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले कुपण्डोलस्थित यु.यन पार्कबाट पक्राउ गरिएको हो ।
उनलाई लिखत सम्बन्धी कसुरमा सम्मानित जिल्ला अदालत,
पाटनबाट दिन ७ म्याद थप भई अनुसन्धान भईरेहका महर्जनले बताएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ८ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।