२७ भदौं ०७८, ललितपुर । काठमाडौंको थानकोट र भक्तपुर लगायतको नाकामा गाँजालगायत लागू औषध तस्करीको समाचार त सुनिएकै हो । गएको शनिबार काठमाडौं हेटौडाको कान्तिलोकपथ अन्र्तगत दक्षिण ललितपुरको छपेलीबाट गाँजा तस्करीको आरोपमा २ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ललितपुर वागमती गाउँपालिका छपेलीबाट करिब ९ किलो अवैध लागूऔषध गाँजा सहित मकवानपुर भिमफेदी गाउँपालिका ८ ईपा बस्ने ५३ वर्षीय शेर बहादुर थिङ लगायत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई बा.४ ख २३३ नम्बरको बसलाई प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा बसमा सवार उनलाई यो गाँजा सहित फेला पारी पक्राउ गरेको जानकारी दिएको छ ।
२७ भाद्र २०७८, आइतबार
0
Shares
प्रतिक्रिया