२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


ललितपुरमा निर्वाचन जितेका काँग्रेस सासंद मन्त्री बन्छन्



रामकृष्ण चित्रकार
नेपाली काँग्रेस, ललितपुर
रामकृष्ण चित्रकार, नेपाली काँग्रेस ललितपुरका नेता हुन् । नेपाल विद्यार्थी संघ हुँदै विद्यार्थी राजनीतिमा उदाएका रामकृष्ण पहिलो संविधानसभामा संविधानमा मुद्दाहरुमा सक्रिय सहभागीता जनाएर चर्चामा थिए । काँग्रेस महाधिवेशनमा ललितपुरको जिल्ला सभापतिको दावी प्रस्तुत गर्ने सुरसार कसेका चित्रकार ललितपुरको भूगोलसँगै यहाँको जनजीवनसँग राम्रो परिचित छन् । उनै ललितपुरका चिर परिचित नेता चित्रकारसँग काँग्रेस महाधिवेशनको सन्र्दभमा ललितपुर खबर प्रतिनिधिले गरेको भिडियो कुराकानीको सम्पादित अंश :
ललितपुर काँग्रेसको महाधिवेशनको तयारी कसरी भइरहेको छ ?
विश्वव्यापी कोरोनाको महामारीको विशिष्ट अवस्थामा डेढ वर्ष ढिलो गरेर हामी महाधिवेशन गर्दैछौं । यो महाधिवेशनमा नेतृत्व चयनको विषय सबैभन्दा बढि सरोकार हुने विषय हो ।
आन्दोलनमा खारिएर आएका साथीहरु नेतृत्वको चाहना गरेर प्रस्तुत भइरहेका छन् । यो आफैमा सकारात्मक विषय हो । म आफै पनि १३ औं महाधिवेशनमा उम्मेदवारी छोडेर साथीहरुका लागि त्याग गरेको थिए । अहिले धेरै साथीहरुको अनुरोधलाई स्वीकार गर्दै आफूलाई सभापतिको उम्मेदवारको रुपमा प्रस्तुत गरेको छु ।
पछिल्लो समय नेतृत्वका लागि आकाक्षीहरुको दावीपछि ललितपुरमा कडा प्रतिश्पर्धा हुने देखिन्छ । प्रतिपर्धाका बीच आफूलाई कस्तो अवस्थामा पाउनु भएको छ ?
वडा अधिवेशनमा जसरी नेतृत्व चुनिएको छ । अधिकतम साथीहरुको सर्वसम्मत रुपमा नेतृत्व निर्माण भएको छ । क्षेत्रीय प्रतिनिधिहरु जसरी आउनु भएको छ । त्यो देखेर म उत्साहित छु । सिंगो पाटी संगठनले मलाई खोजिरहेको छ भन्ने मलाई विश्वास छ ।
राजनीतिमा अपराधिकरणको प्रवृत्ति पछिल्लो समय बढ्दो छ । यसलाई निरुत्साहित गर्न कस्ता योजना ल्याउनु हुन्छ ?
सिद्धान्त र आर्दशलाई केन्द्रविन्दुमा राखेर विचारको राजनीति गर्ने पार्टी बनाउन म काम गर्नेछु । काँग्रसलाई शुद्धिकरण र सुदृढिकरणगर्न अत्यन्त आवश्यक छ । विचारको राजनीति,आदर्शको राजनीति,मूल्यको राजनीति र नैेतिकताको राजनीति स्थापित गर्न मेरो मूमिका हुनेछ ।


शहर,काँठ र पहाड भूगोलमा विभाजित ललितपुरको विकाशका लागि तपाईको योजना कस्तो छ ?
मैले ललितपुरलाई राम्ररी बुझेको छु । काँठ र दक्षिण ललितपुरको संगठन निर्माणका लागि धेरै मेहनत गरेको छु । विद्यार्थी संघमा रहँदा दक्षिण ललितपुर र काँठ क्षेत्रमा दक्षिण ललितपुरमा संगठन निर्माण गर्न अहोरात्र खटिएको छु । दक्षिण ललितपुरको देविचौर,घुसेल, माल्टा,प्युटार,आश्राङ,गिम्दी, ठुलादुलुङ,कालेश्वर, बुखेल,मानिखेल,गोटिखेल,इकुडोललगायत क्षेत्र घुमेको छु । यस क्षेत्रमा बाटो पुगेको छ र तर राम्रो हुन सकेको छैन ।
ललितपुर भनेको शहरलाई बुझ्ने गरिएको छ । दक्षिण ललितपुरको पहाडि भेगको विकाश अहिलेका लागि सबैभन्दा महत्वपूर्ण छ । यस ठाँउमा लगानी गर्नु पर्ने जरुरी छ । मैले शहरमा जम्दा जम्दै पनि मैले दक्षिण ललितपुरमा धेरै काम गरेको छु ।
समृद्ध ललितपुरको विकाशसँग मसँग कार्ययोजना छ । जनताको चुलो चौकामा परिवर्तन देख्न जरुरी छ ।
हिजोको दिनमा ललितपुरमा भएको निर्वाचनमा टिकट वितरणमा विवाद पनि देखिए तपाई नेतृत्वमा आउनु भए के गर्नुहुन्छ ?
निर्वाचनमा जित्नका लागि टिकट वितरण गछौं। त्यो महत्वपूर्ण पाटो हुन सक्छ । हिजोको निर्वाचनमा कमी कमजोरीका कारण कतिपय ठाँउमा हामीले घाटा व्यहोरेका छौं । त्यो कमी कमजोरी हुन दिने छैन । मुल्याङकनका आधारमा, जित्ने आधारमा,योगदानको आधारमा, जनताको पक्षमा काम गरेको आधारमा सक्षम उम्मेदवार जनताले खोजेको आधारमा ललितपुरमा सम्बोधन हुनेछ । त्यो काम हुनेछ ।
ललितपुरमा निर्वाचन जितेको ठाँउमा जनप्रतिनिधिहरुले राम्रो काम गर्न नसकेको गुनासो छ नि ?
हामीले जितेको कतिपय ठाँउमा बोर्डमा बहुमत छैन । त्यस ठाँउमा हामीले जनताको पक्षमा नीति कार्यक्रम बनाउन सकिरहेको छैन । ललितपुर महानगरमा असार ३१ गते राती २ बजे मात्रै बजेट पारित भयो ।गोदावरी नगर र वागमती गाँउपालिका उत्कृष्ट काम भइरहेको छ । सापेक्षित रुपमा नेपाली काँग्रेसले राम्रो काम गरिरहेको भन्ने छ । तर महाकाल, कोञ्ज्योसोम र महालक्ष्मी नगरमा जनताको धेरै गुनासो सुनेका छौं ।
ललितपुर काँग्रेस नेतृत्वमा आकाँक्षी धेरै देखिए नि तपाईलाई जित्न सझिलो छ र ?
सबैले नेतृत्वमा आउन अधिकार छ । दुःख गरेर पार्टीमा काम गर्नु भएको छ । हामी स्वस्थ्य रुपमा व्यवस्थापन गर्छौं।
अरु पार्टीबाट आएका नेताहरुलाई हामी सही ठाँउ दिएर व्यवस्थापन गर्छौं।
कतिपय साथीहरुलाई जिल्ला कमिटीमा हामीले ठाँउ दिएका छौं । सबैलाई योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिनुपर्छ । कार्यविभाजनको सिद्धान्तको आधारमा व्यवस्थित गर्नुपर्छ । सबैलाई साथीहरुलाई कुनै गुनासो गर्ने ठाँउ दिनु हुदैन ।
संविधानसभा सदस्य रहेर के ललितपुरका जनताको पक्षमा के काम गर्नु भयो र ?


त्यस बेला प्रत्येक सासंदलाई १० लाख बजेटको व्यवस्था थियो । मैले त्यो बजेट सबैतिर समानुपातिक रुपमा वितरण गरेको थिए । संविधानसभामा म न्यायिक समितीमा रहेर काम गर्दा संवैधानिक समितीमा न्याय प्रणालीको स्वतन्त्र बनाउन र राजनीतिकरण हुनु हुदैन भन्ने पक्षमा मैले बोलेको थिए । अस्पतालको बेडमा हुँदा समेत म मतदानमा भाग लिएको थिए ।
ललितपुर काँग्रेसमा तपाईलाई नै विजयी किन बनाउने ?
मैले नेपाली काँग्रेसको संगठनमा धेरै मेहनत गरेको छु । विद्यार्थी संघमा २२ वर्षसम्म धेरै मेहनत गरेको छु । दक्षिण ललितपुरका विद्यार्थी संघको संगठन विस्तारमा काम गरेको छु ।
पार्टीमा पनि निरन्तर काम गरेको छु । पार्टीमा विभिन्न जिम्मेवारीमा काम गरेको छु । निकै लामो समयसम्म पार्टीको जिल्ला कमिटीमा काम गरेको छु । युवाहरुलाई संगठित बनाउन, पार्टीलाई विचारको राजनीतिीलाई स्थापित बनाउन काम गरेको छु । सशक्त पार्टी ललितपुरमा स्थापित गर्न मेरो उम्मेदवारी हो ।
ललितपुर काँग्रेसमा विजय प्राप्त गरेपछि के काम गर्ने योजना छ ?
सबैभन्दा पहिले पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षणको जरुरी छ । ७१ वटै वडामा प्रशिक्षण सुरु गर्नेछु । भाषणकला र व्यक्तित्व निमार्ण, कार्यशैली र विचारधारालाई माथि उठाउन यो अभियान तालिम सुरु गर्नेछु ।
पार्टी कार्यालयमा पुस्तकालय निर्माण गर्नेछु । पार्टी कार्यालयमा निरन्तर आउने वातावराण बनाउनेछु । कार्यकर्ताहरुको रेकर्ड राख्ने, मुल्याङ्कनको आधारमा कार्यविधाजन गर्ने पद्दतीको विकाश गर्ने काम गर्नेछु ।
ललितपुरमा मौका मिल्दा बाहिरबाट आएर निर्वाचन लड्ने र अप्ठ्यारोे पर्दा छोडेर अन्तै निर्वाचन लड्न जानेजनप्रतिनिधिहरुको प्रवृति देखिएको छ । यो प्रवृत्ति रोक्न ललितपुर काँग्रेसले कस्तो भूमिका खेल्छ र खेल्नुपर्छ ?
ललितपुर काँग्रेसले २०४८ सालमा मास्टर जुलुम शाक्यलाई ल्याएबाहेक ललितपुरको नेतालाई मात्रै जिल्ला राजनीतिमा अवसर दिएको छ ।
यहाँका जनता अहिले शिक्षत भइसकेका छन् । जिल्ला बाहिरबाट आएर ललितपुरको राजनीति गर्दा यहाँका विकाश हुन सक्दैन । यहाँको आवाज संसदमा घनिभुत रुपमा जान सक्दैन । जनताको समस्या समाधान हुन सक्दैन ।
ललितपुरका जनप्रतिनिधिहरुले मन्त्री बन्ने अवसर कमै
पाउछन् । नेपाली काँग्रेस जिल्ला नेतृत्व निर्वाचन जितेकोे खण्डमा यहाँका जनप्रतिनिधिलाई मन्त्री बनाउन कस्तो भूमिका खेल्छ ?
ललितपुरका जनताले निर्वाचनमा विजयी गराएपछि ती जनप्रतिनिधिले मन्त्री बन्ने अवसर पाएका छन् । २०७० सालमा निर्वाचन जितेपछि अर्थ मन्त्रालयजस्तो महत्वपूर्ण मन्त्रालय ललितपुरका जनप्रतिनिधिले पाएका छन् ।
ललितपुरका जनताले जनप्रतिनिधिलाई विजयी नबनाउदा पनि बेनीबहादुर कार्की, बासुदेव कार्की,योगप्रसाद उपाध्याय,ओमकार श्रेष्ठलाई नेपाली काँग्रेसले अवसर दिएको छ । अझ कृष्णप्रसाद भट्टराई ललितपुरकै जनताको छोरो २ पल्ट प्रधानमन्त्री बनेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ९ : १५ बजे