२९ भदौ ०७८, ललितपुर । कोरोनाका कारण बन्द भएका ललितपुर महानगरपालिकाभित्रका विद्यालयहरू आगामी असोज १ गतेदेखि पठनपाठन सूचारु हुने भएको छ ।
विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड कडाईका साथ अपनाउन निर्देशन दिँदै महानगरले सामुदायिक विद्यालयलाई मास्क र स्यानिटाइजर प्रदान गर्ने बताएको छ।
महानगरस्तरीय शिक्षा समितिको बैठकको निर्णयपछि महानगरभित्रका संस्थागत र सामुदायिक विद्यालय खुल्ने भएका हुन्। पठन पाठन सुरु गर्न लाग्दा विद्यालय व्यवस्थापन समितिले अभिभावक र सरोकारवालासँग समन्वय र छलफल गरेको छ ।
कोभिड १९को प्रभाव कम हुँदै गएकाले स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय सञ्चालनको अनुमति दिइएको महानगरले जनाएको छ ।
प्रतिक्रिया