१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


फेरि बढ्न थाल्यो कोरोनाको दर, मंगलबार १५६२ संक्रमित थपिए



२९ भदौ ०७८,काठमाडौं ।  संक्रमित दर पुनः बृद्धि हुन थालेको छ । पछिल्लो २४ घण्टामा यो साताकै धेरै एक हजार पाँच सय ६२ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १० हजार २६६ पिसिआर र ४ हजार १७७ एन्टीजेन परिक्षणमा उक्त संख्यामा नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

आज १५ सय ५९ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् भने १९ जनाको निधन भएको मन्त्रालयले उल्लेख गरेको छ । मंगलबार भन्दा केही थोरै सोमबार १४ सय ८६ जनामा नयाँ संक्रमण देखिएको थियो । यस्तै आइतबार ९११ र शनिवार ९९४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यस्तै, काठमाडौं उपत्यकामा थप ४०४ कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंका २९४ , ललितपुरका ६२ र भक्तपुरमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ६ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।