९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा बिहानै वर्षा, आज कहाँ–कहाँ पर्छ पानी ?




३० भदौ ०७८,काठमाडौं । आज बुधबार बिहान काठमाडौंसहित बागमती, प्रदेश २ र गण्डकी प्रदेशमा वर्षा भएको छ । भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण वर्षा भएको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति लुम्बिनीका धेरै स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।
बिहीबार लुम्बिनी र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ । बिहीबार राति प्रदेश २ र बागमतीका केही अन्य प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।न्युज कारखाना

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ६ : ३८ बजे