३० भदौ ०७८,भक्तपुर । भक्तपुरमा ट्रकमा लिफ्ट लिन पुगेकी १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । प्रहरीले बलात्कारको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा हल्दिबारी गाउँपालिका–५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र मोरङ उर्लाबारी नगरपालिका–१ का १८ वर्षीय निदिप धिमाल छन् । उनीहरूलाई मंगलबार बिहान प्रहरीले काभ्रेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बालिकामाथि बलात्कार घटना भदौ २६ गते मध्यराति भएको हो । भक्तपुर नगरपालिका–१ श्रृजनानगरस्थित सडकमा ती बालिका मध्यराति गाडी कुरेर बसिरहेकी थिइन् ।
बालिकालाई प्रदेश २–०३–००१ ख १४८५ नम्बरको ट्रकका चालक विश्वकर्मा र सहचालक धिमालले गन्तव्यमा पु¥याइदिने भन्दै काभ्रेस्थित बनेपा नगरपालिका–१२ को साझा पेट्रोल पम्प पुर्याएरका थिए । उनीहरुले त्यहि नै ट्रक रोकेर बलात्कार गरेको प्रहरीले जनाएको छ । करणीपछि उनीहरू ट्रक लिएर झापा भागेर गएका थिए । जबरजस्ती करणीपछि छोडिएकी ती बालिका भक्तपुर फर्किएर पुनः काभ्रे प्रहरीको सम्पर्कमा पुगेकी थिइन् ।
रुपन्देही स्थायी घर भएकी बालिका भक्तपुर सल्लाघारीमा बुवाआमासँग बस्दै आएकी थिइन् ।
प्रतिक्रिया