एजेन्सी । हैटीका प्रधानमन्त्री एरियल हेनरीलाई देश छोड्न प्रतिबन्ध लगाइएको छ । राष्ट्रपति जोभेनल मोइसको हत्यामा उनको संलग्नताबारे छानबिन भइरहेकोले प्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो ।
प्रधानमन्त्री हेनरीबिरूद्ध अभियोजनकर्ताले मुद्दा चलाउने तयारी गरिरहेका छन् । राष्ट्रपतिको हत्याका मुख्य शंकास्पद जोसेफ फिलिक्स बाडियोको प्रधानमन्त्रीसँग सम्बन्धबारे सोधपुछसमेत गरिएको छ ।
राष्ट्रपतिको हत्यापछि प्रधानमन्त्री र जोसेफबीच धेरै पटक फोनवार्ता भएको अभियोजनकर्ताले बताएका छन् । राष्ट्रपति मोइसको ७ जुलाईमा आफ्नै घरमा हत्या भएको थियो । बन्दूकधारीले राजधानीस्थित उनको निजी निवासभित्र पसेर गोली हानी हत्या गरेका थिए । उनको मृत्युसँगै हैटीमा राजनीतिक संकट चुलिएको छ ।
प्रतिक्रिया