३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा ४९५ सहित एक हजार ७६० कोरोना संक्रमित थपिए




३० भदौं ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा ४ सय ९५ सहित नेपालमा एक हजार ७६० जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बुधबार १६ हजार ८४४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पिसिआर विधिबाट १२ हजार ५ सय २४ जना र एन्टिजेनबाट ४३२० जनाको परीक्षण भएको छ।

त्यस्तै एक हजार २२० संक्रमित निको भएका छन्। संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ८९६ जनाको मृत्यु भएको छ।

यस्तै काठमाडौं उपत्यकामा थप ४९५ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंका ३६० , ललितपुरका ७२ र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  ५ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।