९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महालक्ष्मी नगरमा १४ नगरप्रहरी नियुक्त



१ असोज ०७८, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा करारमा १४ जना नगरप्रहरी नियुक्त गरिएको छ । नगरपालिकाले हालै १ जना नगरप्रहरी नायव निरीक्षक, २ जना नगरप्रहरी सहायक निरीक्षक र ११ जना नगर प्रहरी जवान गरी कूल १४ जना करार सेवामा नियुक्त गरेको हो ।

यसैबीच नव नियुक्त नगर प्रहरीका लागि सञ्चालित ३० दिने आधारभूत तालिमको दीक्षान्त तथा समापन समारोह शुक्रबार सम्पन्न भएको छ ।
नगर प्रमुख रामेश्वर श्रेष्ठको अध्यक्षतामा दीक्षान्त समारोह समापन गरिएको हो । कार्यक्रममा नगर उपप्रमुख निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, वडा नं १ देखि १० का वडाअध्यक्षहरू, कार्यपालिका सदस्य, वडा नं ९ का सदस्यहरू, महानगरीय प्रहरी प्रभाग इमाडोल र लुभुका प्रभाग प्रमुखहरू, नगरपालिकाका शाखा प्रमुखसहित अन्य कर्मचारीहरू, तालिमका सहजकर्ता, शिक्षक प्रतिनिधि, सहित बुद्धीजिवी र समजसेवीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेलले गरेका थिए । कार्यक्रममा नगर प्रहरीहरूबाट कवाज प्रदर्शनीका साथै भीआइपी सुरक्षा र अग्नी नियन्त्रण सम्बन्धी ड्रिल प्रदर्शनी गरेका थिए । नगरप्रमुखले नगर प्रहरी नायब निरीक्षक र नगर प्रहरी सहायक निरीक्षकहरूलाई दर्जानी चिन्ह प्रदान गरेका थिए । दीक्षान्त समारोहमा नगरप्रमुखबाट नव नियुक्त नगर प्रहरीहरूलाई प्रमाण पत्र र तालिमका प्रशिक्षक र सहजकर्ताहरूलाई प्रशंसा पत्र वितरण गरिएको थियो । कार्यक्रममा नगरप्रमुखले दिक्षित हुने नगरप्रहरीहरूलाई बधाई तथा शुभकामना दिँदै यस ३० दिने आधारभूत तालिमबाट नगरप्रहरीहरूमा कर्तब्यनिष्ठ र अनुशासित भई शिष्टाचारसहित सदैव नगरवासीहरूको सेवामा अहोरात्र खट्न सक्ने क्षमताको विकास भएको विश्वास व्यक्त गरे । उनले भने, ‘स्वच्छ, सफा, समृद्ध, सुन्दर – महालक्ष्मी नगर’ भन्ने लक्ष्य प्राप्त गर्न नगर प्रहरीहरूको समेत महत्वपूर्ण भुमिका रहेनेहुँदा सोही लक्ष्य प्राप्तिका लागि नगरपालिकाको नीतिलाई अक्षरांश कार्यान्वयन गर्न सहयोग गर्नु नगरप्रहरीहरूको मुख्य कार्य रहने बताए ।
उनले यस एक महिने तालिम सञ्चालनमा महत्वपूर्ण योगदान गर्नुहुने प्रशिक्षक, सहजकर्ताका साथै तालिमका लागि भौतिक पूर्वाधार उपलब्ध गराइ सहयोग गर्ने महालक्ष्मी न.पा–९ स्थित शुभतारा स्कुललाई आभार व्यक्त गरे । कार्यक्रममा नगर उपप्रमुख निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा र वडा नं १ का वडा अध्यक्ष नन्द कुमार न्यौपानेले दीक्षित हुनुहुने नगरप्रहरीहरूलाई बधाई दिँदै शुभकामना मन्तव्य राखेका थिए ।

 

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १ : ५९ बजे