९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पुरानै स्वरूपमा फर्कंदै भक्तपुरको रानीपोखरी




२ असोज ०७८,भक्तपुर । भक्तपुरको रानीपोखरी आफ्नो मौलिक शैलीमा फर्कंदै छ । शाहीकालमा सेनाको नियन्त्रणमा पुगेको भक्तपुरको रानीपोखरी काठमाडौँको रानीपोखरीभन्दा ४० वर्ष जेठो पोखरी हो ।
भक्तपुरका राजा जगज्योति मल्लले विक्रम संवत् १६८७ मा आफ्नी रानी राजलक्ष्मीको सम्झनामा रानीपोखरी निर्माण गरेका थिए । लामो समयमा सेनाको अधिनमा रहेको पोखरीलाई भक्तपुर नगरपालिकाले सेनासँग वार्ता गरी खुल्ला गरेसँगै पुनर्निर्माण गरेको थियो ।
अहिले पोखरीलाई मौलिक शैलीमा चुन, सुकी, दाची अपा प्रयोग गरी उपभोक्ता समितिमार्फत पुनर्निर्माण गरिँदैछ । काठमाडौँको रानीपोखरी भने त्यसको ४० वर्षपछि वि.सं १७२७ मा प्रताप मल्लले बनाउन लगाएका थिए । प्रताप मल्लले आफ्ना छोरा चक्रवतेन्द्रको मृत्युपछि आफ्नी रानीको मन बुझाउन बनाएका थिए । न्युज कारखाना

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १ : ५४ बजे