६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


इन्द्रजात्रा रथयात्रा काठमाडौंको जैसीदेवल वरपर



ईन्द्रजात्राको दिन आइतबार बसन्तपुरबाट जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा गर्दै काठमाडौँवासी । तस्वीर : रत्न श्रेष्ठ\रासस

३ असोज ०७८, काठमाडौं । इन्द्रजात्राको मुख्य दिन आज आइतबार काष्ठमण्डपको दक्षिणी क्षेत्रमा श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा गरिएको छ । तल्लो टोलका जैसीदेवल, लगन, चिकमुङ्गल, कोहिटी, भीमसेनस्थान क्षेत्रमा रथयात्रा गरिएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिएका छन् । यो क्षेत्रमा आज दीप्याख अर्थात् देश नाच पनि देखाइएको छ ।
इन्द्रजात्राको मुख्य दिन आज लाखे, पुलकिसी, महाकाली, रामचन्द्रलगायत नाच पनि तल्लो टोलमै केन्द्रित भएका थिए । कुमारीको रथ अगाडि पञ्च बुद्धका प्रतीकका रूपमा बज्राचार्य गुर्जुहरु पाठ गर्दै रथयात्रामा सहभागी भएको देखिन्थ्यो । तल्लो टोलको रथयात्रा सम्पन्न भएसँगै मरुटोलको छ्वासपाखाबाट इन्द्रकी आमाको प्रतीक स्वरुप यात्रा निकालिएको छ । यो यात्रासँगै यस वर्ष दिवङ्गत भएका परिवारका सदस्य सहभागी हुने परम्परा छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १० : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।