७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जोरपाटी र पनौतीमा १\१ जना मृत फेला




४ असोज ०७८,काठमाडौं । काठमाडौंको जोरपाटी र काभ्रेको पनौतीमा एक एक जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ जोरपाटी डेरा गरी बस्ने भारत मोतिहारी घर भएका ५५ वर्षीय अहमद अन्सारी आफ्नै कोठामा सुतिरहेकोमा सोमबार मृत अवस्थामा फेलापरेका छन् ।
साथै काभ्रे जिल्लास्थित पनौति नगरपालिका १२ खारखोला दोवानस्थित कोहिनुर ढुङाखानीमा काम गर्ने उदयपुर गाईघाट त्रियुगा नगरपालिका १५ घर भएका ४२ वर्षीय बिक्रम राणा मगर खाना खाई सुतेकोमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
धादिङको गल्छी गाउँपालिका ४ मासटारस्थित घरको आँगनमा गल्छी गाउँपालिका ४ बेल्टार बस्ने ६४ वर्षीया जमुना रोक्का सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ८ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।