६ असोज ०७८,काठमाडौं । काठमाडौं कोटेश्वरमा पैदल यात्रीको मोटरसाइकलको ठक्करपछि मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ छाप्रो बस्ने रामेछाप खर्पु घर भएका ३२ वर्षीय लक्ष्मण सुनारको मंगलबार साँझ भएको सवारी दुर्घटनामा मृत्यु भएको हो ।
कोटेश्वरमा पदैल हिँडिरहेको अवस्थामा प्रदेश ३–०२–०११ प ३६१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको मदरल्याण्ड अस्पताल पेप्सीकोला लगिएको थियो । उनलाई त्याहाट रिफरपछि ट्रमा सेन्टरमा थप उपचारका लागि लगिएकोमा अस्पतालमो उनको मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रण लिई कारवाही प्रकृया सुरु गरेको जानकारी दिएको छ ।
६ आश्विन २०७८, बुधबार
0
Shares
प्रतिक्रिया