६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको एक बसमा वेवारिसे अवस्थामा भेटियो दर्जनौंको संख्यामा मोवाइल



६ असोज ०७८, काडमाडौं ।काठमाडौंमा एक बसमा दर्जनौंको संख्यामा वेवारिसे अवस्थामा मोवाइलहरु फेला परेको छ ।
प्रहरीका अनुसार काठमाडौंस्थित चन्द्रागिरी नगरपालिका २ नागढुङ्गामा ना.८ ख ७६७२ नम्बरको बसबाट ५७ थान विभिन्न कम्पनीका मोबाइल मंगलबार दिउँसो वेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको छ ।
महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको यस बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको सिट मुनि झोलामा बिल नभएको अवस्थामा यी मोबाइलहरु फेला पारी बरामद गरेको जानकारी दिएकोे हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।