८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


जावलाखेल युथ क्लबलाई चार लाख सहयोग



६ असोज ०७८, जावलाखेल। ब्रिटिस आर्मीका पूर्वलेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले जावलाखेल युथ क्लबलाई रु चार लाख सहयोग गरेका छन् । ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा भाग लिने खेलाडीका लागि उनले सो रकम सहयोग गरेका हुन् ।

एन्फाको आयोजनामा आगामी कात्तिक २९ गतेदेखि हुने ‘ए’ डिभिजन लिगमा क्लबले भाग लिँदैछ । क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले सो रकम खेलाडीको व्यवस्थापनमा प्रयोग गरिने बताए । उनले आर्थिक सहयोगले खेलाडीलाई हौसला मिल्ने बताए ।
क्षेत्रीले खेलाडीलाई खान, बस्न र खेल तयारीका लागि उक्त रकम खर्च गरिने बताए । बुढाथोकीले विभिन्न समाजिक कार्यका लागि सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ६ : ०४ बजे