१० पुस २०८१, बुधबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा ३८, काठमाडौँमा ४० र भक्तपुरमा ४१ प्रतिशत कोरोना खोप लगाइयो



फाइल तस्बिर

७ असोज ०७८, काठमाडौं । ललितपुरमा ३८, काठमाडौँमा ४० र भक्तपुरमा ४१ प्रतिशत खोप लगाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले काठमाडौँ उपत्यकामा ४० प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्णमात्राको खोप लगाएको जानकारी दिएका हुन्
। उनका अनुसार अहिलेसम्म मुलुकभरि करिब १८ प्रतिशत जनसङ्ख्याले पूर्णमात्राको खोप लगाएका छन् ।
कोरोना भाइरसविरुद्धको खोप मनाङ, मुस्ताङ र पूर्वरुकुममा पूर्णमात्रामा लगाइएको छ ।
पौडेलले यी जिल्लामा सबै लक्षित जनसङ्ख्यामा पूर्णमात्रामा खोप लगाएको जानकारी दिएका छन् ।
सरकारले यही असोज मसान्तसम्ममा ३३ प्रतिशतलाई पूर्णमात्राको खोप लगाउने लक्ष्य राखेको छ । कूल दुई करोड १३ लाख जनसङ्ख्यालाई खोप लगाउने सरकारको तयारी रहेको छ । नेपालमा कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनिका खोप लगाइएको छ ।
बुधबार एक लाख ५६ हजार १८ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा ६२ लाख ६२ हजार ८७० जनाले र पूर्णमात्रा ५७ लाख ५२ हजार ८५३ जनाले लगाइसकेको छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ६ : ०६ बजे