१० पुस २०८१, बुधबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगरका विद्यालय आइतबारबाट खुल्दै



७ असोज ०७८, काठमाडौँ । काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा आइतबारदेखि भौतिक उपस्थितिमै पठनपाठन हुने भएको छ ।

काठमाडौं महानगरपालिकाको शिक्षा शाखाले बैठकले आइतबारबाट भौतिक उपस्थितिमै विद्यालय खोल्न अनुमति दिने निर्णय गरेको हो।
भौतिक उपस्थितिमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसी अभिभावकको सहमति लिएर सोहीअनुसारको कार्ययोजना बनाई महानगरमा पेस गर्नुपर्नेछ । सोही कार्ययोजनाअनुसार महानगरले भौतिक रुपमा विद्यालय खोल्न अनुमति दिनेछ।

विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक, संघसंस्थालगायत सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी समझदारीमा मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउनुपर्नेछ। शिक्षक, कर्मचारी, चालकलगायत सबैले अनिवार्य खोप लगाएको हुनुपर्नेछ । खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्था गर्नेछ।

यसरी भौतिक रुपमा विद्यालय खोल्दा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ। धेरै विद्यार्थी छन् र अभिभावक विद्यालय खोल्न तयार छैनन् भने त्यस्ता विद्यालय खोल्न बाध्यकारी नहुने पनि शिक्षा शाखाले जनाएको छ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ४ : ५२ बजे