८ असोज ०७८, ललितपुर । नेपाली काँग्रेसले पालिका अधिवेशन साविक मिती असोज ९ गते नैहुने बताइरहेको बेला ललितपुरको अधिवेशन सरेको छ ।
नेपाली काँग्रेसका जिल्ला सभापति मदन बहादुर अमात्यका अनुसार ललितपुरको पालिका अधिवेशन भने असोज ११ गते सोमबार हुनेछ । अधिवेशन सरेको जानकारी दिदै अमात्यले भने प्राविधिक कारणले सरेको हो । सोमबार सबै पालिकामा अधिवेशन हुन्छ ।
नीति र नेतृत्व छान्ने पर्वको रुपमा लिइने नेपाली काँग्रेसको वडादेखि केन्द्रसम्म नेतृत्व छान्ने रस्साकस्सी छ । धेरै ठाँउमा क्रियाशिल सदस्ता विवादका कारण अधिवेशनहरु स्थागित हुदै आएका छन् ।
८ आश्विन २०७८, शुक्रबार
0
Shares
प्रतिक्रिया