२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंबाट गैडाको खागसहित युवक पक्राउ




९ असोज ०७८,काठमाडौं । काठमाडौंको तिलगंगाबाट गैडाको खागसहित एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ८ गौशाला तिलगंगा एरियाबाट ४५ ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो देखिने वस्तु सहित ती युवक पक्राउ परेका हुन् ।
ललितपुरस्थित ललितपुर महानगरपालिका ६ लगनखेल बस्ने ३० वर्षीय निकेश संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त वस्तु अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।
यस खागसहित उनलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाईएको व्यूरोले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ९ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।