६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा आजदेखि भौतिक उपस्थितिमा पठनपाठन



१० असोज ०७८, काठमाडौं ।  काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरु आजदेखि भौतिक उपस्थितिमा पठनपाठन हुने भएको छ ।
नगर शिक्षा समितिको हालै सम्पन्न बैठकले आइतबारदेखि विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेसँगै कोरोना महामारीका कारण वैशाखको दोस्रो साता बन्द भएका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका हुन्।

काठमाडौं महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेपछि यहाँका विद्यालय सञ्चालन हुने भएका हुन्। भौतिक रुपमा कक्षा सञ्चालन गर्न चाहने विद्यालयहरुले अनिवार्य रुपमा महानगरले तयार पारेको २७ बुँदे मापदण्डको पूर्ण पालना गर्नुपर्ने महानगरले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ९ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।