१० असोज ०७८, काठमाडौं । काठमाडौं कपनको ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरको वाग्मती गाउँपालिका–१ घुसेलको वाग्मती नदी किनारमा भेटिएको छ ।
काठमाडौं महानगरपालिका–६ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेका १० वर्षीय उज्ज्वल विक गत मंगलबार रातिदेखि बेपत्ता थिए । प्रहरीले खिचेको फोटोमा परिवारले बालकको शव पहिचान गरेको महानगरीय प्रहरी प्रभाग कपनले जनाएको छ । ललितपुर प्रहरीका अनुसार शव सडेको अवस्थामा फेला परेको छ । टिकाभैरवबाट गएको प्रहरीले पोस्टमार्टमका लागि पाटन अस्पताल ल्याउने क्रममा रहेको छ ।
राजधानीका अधिकांश ठाउँमा ढल, खानेपानीलगायतका निम्ति बनाइएका खाडलहरु धराप बनाएर खुला छाडिएका छन्, जहाँ दुर्घटनाको ठूलो जोखिम छ ।
प्रतिक्रिया