१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरीको अन्तराष्ट्रिय सम्मेलन केन्द्र अगाडि झुपडी




ललितपुर खबर
१४ असोज ०७८, गोदावरी ललितपुर । ललितपुरको पर्यटकीय क्षेत्र गोदावरीमा नवनिर्मित भव्य सनराइज अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र अगाडि वसपार्कमा झुपडी नै झुपडी छन् । वसपार्कको सार्वनिक जग्गामा रहेका यी झपडीमा स्थानीयले पसल राख्दै आएका छन् ।
बुधबार एमाले विद्यान महाधिवेशन स्थल निरिक्षण गर्न आएका एक नेताले विदेश पाहुना आउने अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र अगाडि झपडी राखिनु लाजमर्दो भएको भन्दै हटाउनुपर्ने बताए ।
गोदावरी वसपार्कका पुराना टहरा हटाएर नयाँ बनाउने तयारी भएको गोदावरीमै पसल राखेर बसेका विजय लामाले बताए । उनले गोदावरी नगरपालिका पुगेर नयाँ भवन बनाउन निवेदन दिइको बताए । यस ठाँउमा २७ वटा पसल रहेको उनले बताए ।


गोदावरीस्थित खानेपानी आयोजनाको कार्यक्रममा आएको बेला मेयर आफै आएर आफूहरुलाई निवेदन दिन लगाएको स्थानीय व्यापारी अर्जुन मगरले बताए ।
स्थानीय व्यापारी मगर नगरपालिकाले बजार व्यवस्थित गर्न लागेकोमा खुशी हुँदै भने अहिले हामीलाई टहरामा रातीसामान छोड्न डर छ । टहरामा ढोका झ्याल छैन । बर्षामा पानी चुहिन्छ । हिउदमा धामले पोल्छ ।उनले २२ वर्षदेखि पसल राखेको बताउछन् । उनका अनुसार यहाँ वर्षै अद्दि धेरै टहरा थिए । तत्कालिन गाविस रहेको बेला बन क्षेत्रमा बनाइएको भन्दै भत्काइएको थियो ।


गोदावरी नगरका एक कर्मचारीलेयस ठाँउबाट २७ जनाले पसल राख्न पाउ भन्दै निवेदन दिएको बताए । नगरपालिकाले सार्न मिल्ने गाढा राख्ने विषयमा योजना बनाइरहेको उनको भनाई छ । स्थानीयसँगको साझेदारीमा व्यवस्थित र आर्कषक टहरा बनाउने भन्ने छलफल पनि चलिरहेको छ ।


यस ठाँउमा पसलहरु नभए धेरै लुटपाट हुने लामा बताउछन् । उनका अनुसार केही बर्ष अघिसम्म गोदावरीको एकान्ततिर धेरै लुटपाट हुने बताए । उनका अनुसार वसपार्क क्षेत्रमा प्रहरी विट नहुँदा समस्या परेको हो ।


सेन्ट जेभियर्स स्कूलले उपभोग गरिरहेको यो जग्गामा बर्षैदेखि पसल सञ्चालन गरिरहेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ६ : ५९ बजे