१५असोज ०७८,ललितपुर । ललितपुरको लेलेमा विद्युतको काम गर्ने क्रममा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका ५ लेले बसपार्कस्थित विद्युतको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरण लगनखेलमा कार्यरत महालक्ष्मी नगरपालिका १ ईमाडोल बस्ने उदयपुर घर भएका २५ वर्षीय देव नेपालीको मृत्यु भएको हो ।
काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लेले स्वास्थ चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका अन्य २ जनालाई उक्त स्वास्थ चौकी हुँदै थप उपचारको लागि पाटन अस्पताल लगनखेल पठाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१५ आश्विन २०७८, शुक्रबार
0
Shares
प्रतिक्रिया