७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंबाट विहानै सुनको सिक्रि लुटपाट,३ जना पक्राउ



१५ असोज ०७८, काठमाडौं । काठमाडौंको सरकारीधाराबाट विहानै सुनको सिक्रि लुटपाट भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २६ सरकारी धारा बस्ने गोरखा अजिरकोट गाउँपालिका ४ घर भएका २६ वर्षीय अजय रेग्मीको १.५ तोलाको सुनको सिक्री र नगद ८ हजार रुपैयाँ टोखा नगरपालिका ९ गोँगबु शिवमन्दिर नजिकबाट बिहीबार बिहान लुटपाट भएको हो ।
उनले घाँटीमा लगाएको सुनको सिक्री र नगद अपरिचित ३ जनाले लुटी फरार भएको खबरपछि महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शंकास्पद ३ जनालाई नियन्त्रणमा लिएको बताएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ६ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।