१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


देविचौर हत्याकाण्ड : अभियुक्त सार्कीको पनि भेटियो शव




१५ असोज ०७८, ललितपुर । गत सोमबारविहान गोदावरी ७ देविचौरमा वागमती ५ प्युटारका राजकुमार व्लोन मृत अवस्थामा फेला परे । त्यसको पर्सीपल्ट गत बुधबार राजकुमारको शव भेटिएको ठाँउ नजिकै हत्या आरोपित मनोज सार्कीको पनि शव भेटिएपछि राजकुमार हत्या प्रकरण थप रहस्यमय बनेको छ ।
ललितपुरको गोदावरी नगरपालिका ७ देविचौरको सल्नेनीस्थित सडकबाट करिब ७ सय मिटर तल खोल्सामा गोदावरी नगरपालिका ११ झ्यालिपाटी डेरा गरी बस्ने उदयपुर गढी गाउँपालिका १ घर भएका २८ वर्षीय मनोज सार्की बुधबार मृत अवस्थामा फेला परेका हुन् ।


यसै स्थान नजिकै केही दिन अघि वागमती ४ प्युटारका राजकुमार व्लोन मृत अवस्थामा शरिरमा रगत नै रगत लत्पलिएको अवस्थामा भेटिएको स्थानी बासिन्दाले जानकारी दिएका छन् ।
मृतक भुलुनको हत्या आरोप लागेका त्यसको २ दिनपछि गत बुधबार नजिकै सार्की मृत अवस्थामा फेला परेको एक स्थानीयले ललितपुर खबरलाई बताए । स्थानीयका अनुसार मृतक भेटिएको ठाँउ नजिक खुकुरीको बिड, चप्पलको तुनालगायतको सामान समेत फेला परेको थियो ।


मृतकको अनुसन्धानका लागि प्रहरीमा उजरी दिइएपछि घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा रेजिना भुलुनका योजनामा हत्या भएको जाहेरी मृतको चन्द्र बहादुर भुलुनले महानगरियप्रहरी बृत्त चापागाँउमा उजुरी दिएको प्रहरीले जानकारी दिएको छ ।


गोदावरी ७ बस्ने रोजिना भुलुन, यसै ठाँउ बस्ने सुनिता सिंतान,मकवानपुरगढी १ घर भई गोदावरी ११ बस्ने लक्ष्मी व्लोन,गोदावरी ७ बस्ने ज्ञानकुमार सिंतान,उदयपुरगढी १ घर भई गोदावरी ११ बस्ने मनोज सार्की हत्यामा संलग्न रहेको जाहेरीमा उल्येख छ ।

अभियुक्त सार्कीको समेत शव भेटिएपछि घटना थप रहस्यमय बन्दै गएको छ ।
घटनामा संलग्न रहेको आशंका गरिएकी रोजिना भुलुनको ५ वटा बच्चा रहेका छन् । वावु राजकुमार भुलुनको हत्या भएको र आमा समेत हत्या अभियोगमा जेल जानसक्ने देखिएपछि ५ बच्चाकोबेहाल हुने अवस्था आएको एक स्थानीयले ललितपुर खबरलाई बताए ।

 

 

 

 

 

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ८ : ३५ बजे