६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको गोठाटारबाट तिहारका लागि ल्याइएका पटका वरामद एक जना पक्राउ




१७ असोज ०७८,काठमाडौं । अवैध रुपमा करिब २५ लाख रुपैयाँ मूल्य बराबरका पटाका, आतिषबाजीजन्य पदार्थको भण्डारण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कागेश्वरी मनहरा नगरपालिका ८ गोठाटार जलविनायक चोक बस्ने सर्लाही रामनगर गाउँपालिका १ घर भएका ३० वर्षीय कामेश्वर प्रसाद यादवलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बिभिन्न मितिमा उपत्यका बाहिरबाट गैरकानुनी रुपमा पटाका, भुईचम्पा लगायतका आतिषबाजीजन्य विस्फोटक पदार्थहरु विजयादशमी र दिपावलीलाई लक्षित गरी भण्डारण गरेको अभियोगमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जलविनायक चोकस्थित उनकै कवाडी पसलको गोदाम तलासी गर्दा उक्त विस्फोटक पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको गोदामबाट २५ केजी गमला पटाका, ४ सय २० केजी स्पेशल फ्लावरकोन पटाका, ५४ केजी हाईड्रो फोईल्स पटाका, १ हजार ९२ केजी झ्यारझ्यारे पटाका, १५ केजी रोल क्यापस पटाका, १ सय २० केजी ग्राउण्ड चक्र पटाका, ९६ केजी स्पाइनर पटाका, ७५ केजी हाईड्रो बम पटाका, १ सय २० केजी अन्य विभिन्न किसिमको पटाका, नगद ९० हजार रुपैयाँ र १ थान मोबाइल बरामद गरेको जानकारी दिएको छ ।
उनलाई विस्फोटक पदार्थ सम्बन्धि कसूर अन्तर्गतको मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाईएको महाशाखाले जिानकारी लएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १० : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।