१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


५ वर्षदेखि अलपत्र भैंसेपाटी उकालो सडक



तस्बिर स्रोतः कान्तिपुर दैनिक

१८ असोज ०७८, ललितपुर। ललितपुर भैंसेपाटी उकालो सडक खण्ड लामो समयदेखि अलपत्र परेको छ । सडक निर्माणको ठेक्काको लागि पाँच वर्ष पूरा भएको छ । तर सडक भने अलपत्र छ । सडकमा हिलाम्मे हुने गरेको छ । सडकको बीचमा खाल्डाखुल्डी छन् ।
स्थानीयका अनुसार बेलाबेलामा निर्माण व्यवसायी नै ५÷६ महिना हराउने गरेका छन् ।
आयोजना प्रमुख गुरुप्रसाद अधिकारी काम गर्न निर्माण व्यवसायीहरुलाई शुरुमा बाँधा भएपनि पछिल्लो समय कुनै त्यस्ता समस्याहरु नआएको बताउँछन् ।
नख्खुखोलादेखि भैंसेपाटी गेटसम्म कालोपत्रको काम बाँकी छ । यस्तै ललितपुरको नख्खु–भैंसेपाटी–बुङमती सडक खण्ड पनि बाँकी रहेको छ ।
सडक विस्तार निर्माणको ठेक्का आशीष बिरुवा सीएम जेभी र पप्पु–महालक्ष्मी–वल्र्डवाइड जेभीले लिएका हुन् । सीएम जेभीले ३.५२ किलोमिटर (नख्खुखोला पुल– सोह्रखुट्टे) सम्म बिस्तारको काम जम्मा ६५ प्रतिशत मात्र प्रगति गरेको विभागले जानकारी दिएको छ भने यता वल्र्डवाइडले १.५५ किलोमिटर (सोह्रखुट्टे–बुङमति)सम्म बिस्तारको काम हालसम्म जम्मा ७० प्रतिशत सम्पन्न गरेको बिस्तार कार्यालयले जनाएको छ ।
यता सरकारले भने शुरुको ठेक्का रकम २३ करोड ७२ लाख ४९ हजार रहेको थियो । तर, पछि सरकारले म्यादका साथ बजेट पनि बढाएको छ।
हाल त्यस ठेक्काको रकम ३ करोड बढाएर संशोधित ठेक्का रकम २६ करोड ९ लाख ४३ हजार रुपैयाँ रहेको छ । अहिलेसम्म ठेकेदारलाई १८ करोड ८० लाख ६० हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १ : ४४ बजे