६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको चापागाँउ बजारमा प्रशासनको अनुगमनपछि कारवाही



ललितपुर खबर
१९ असोज ०७८, चापागाँउ । जिल्ला प्रशासन कार्यालयले ललितपुरको चापागाँउ बजारको अनुगमनपछि कारवाही गरेको छ ।
सहायक जिल्ला प्रमुख ललितकुमार बस्नेतका अनुसार घरेलु तथा साना उद्योग,उद्योग वाणिज्य संघ ललितपुर,उपभोक्ता मञ्च, स्थानीय तहका प्रतिनिधिलगायतको सहभागीतामा सोमबार गरिएको अनुगमनका क्रममा चापागाँउका २ वटा पसललाई कारवाही गरिएको हो । बस्नेतका अनुसार चापागाँउको कृष्ण स्टोरले मूल्य सूचि नराखेको र नापतौल प्रमाण पत्र नलिइएको तथा प्याकेजिङ्ग गरेको खाद्यान्न देखिने गरी नराखेको भन्दै कारवाही गरेको हो । चापागाँउमै रहेको पिविएनलाई भने मूल्य सूचि, दर्ता प्रमाणपत्र र साइनबोर्ड नराखेको र व्यावसाय दर्ता नगरेको भन्दै कारवाही गरेको थियो । यी दुवै व्यावसायीलाई ५ हजार जरिवाना गरिएको हो ।
यसै क्रममा असहलेसम्म कार्यालयले १९ वटा पसल व्यावसायहरुमा अनुगमनपछि कारवाही गरिएको छ । ललितपुरको गुसिङ्गाल,नखिपोटपाटनका विभिन्न क्षेत्रमा अनुगमनपछि १ लाख ३५ हजार रुपैयाँ जरिवाना वापत पैसा उठाइएको छ ।
प्रशासनले सुमेरु सिटी, विगमार्ट,डल्ले रेष्टुरेन्ट, रेड रोज पिजारिया,वगान कफी, एरोमा हिमालयन कफिलगायतका व्यावसायीहरु समेत कारवाहीमा परेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ८ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।